स्थानीय समाचार

अझै खुलेनन् पलाँतामा विद्यालय

२४ जेष्ठ २०८०, बुधबार १३:५४
अझै खुलेनन् पलाँतामा विद्यालय

कालिकोट । जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन्। कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ।

नयाँ शैक्षिक सत्र सुरु भयको शुक्रबार २२ दिन पुगिसक्दा पनि विद्यालयमा ताला लगाइएको छ। विद्यालयमा पाठ्यपुस्तक पुगे नपुगेको अवस्था बुझ्न पलाँता पुगेकी स्थानीय जलसा बुढाले पाठ्यपुस्तक पुगिसक्दा पनि शिक्षकहरूको चरम लापरबाहीले पलाँताका अधिकांश विद्यालय सञ्चालनमा आउन नसकेको जानकारी दिइन्।

अनेरास्ववियुले छट्के अनुगमन गर्दा पलाँताका अधिकांश विद्यालय बन्द छन्। ‘शिक्षक, विद्यालय प्रशासनको चरम लापरबाही देखियो,’ अनेरास्ववियुकी केन्द्रीय सदस्य जलसा बुढाले भनिन्।

प्रतिक्रिया दिनुहोस्