समाचार

हतियारसहित चार जना पक्राउ

२४ मंसिर २०७८, शुक्रबार ०४:०३
हतियारसहित चार जना पक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको चोरी सिकार गर्न हतियारसहित प्रवेश गरेका चारजना पक्राउ परेका छन् ।

निकुञ्जको संयुक्त सुरक्षा गस्तीले सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ निवासी २७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्रबहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्तीलाई नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

उनीहरुबाट तीन थान भरुवा बन्दुक, ४१ थान गोलीलगायतका सामाग्री बरामद गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए । पक्राउ परेका विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्