कालिकोट । पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार गाउँपालिकाको केन्द्र पडेक्षामा ९ औँ गाउँ सभामा उपाध्यक्ष अल्किना बमले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।