स्थानीय समाचार

कर्णालीको सान्नि त्रिवेणीले साउन अन्त्यसम्ममा सबै वडामा सडक पुर्‍याउने

२४ जेष्ठ २०८०, बुधबार ०८:२६
कर्णालीको सान्नि त्रिवेणीले साउन अन्त्यसम्ममा सबै वडामा सडक पुर्‍याउने

२० असार, कालिकोट। कर्णली प्रदेश सान्नि त्रिवेणी गाउँपालिका अध्यक्ष महेशबहादुर केसीले आर्थिक वर्षको अन्त्य (साउन)सम्ममा सडक सञ्जालमा नजोडिएका वडालाई सडक सञ्जालले जोड्ने र भएका सडकको स्तरोन्ति गरिसक्ने बताएका छन् । पालिका खबरसँगको कुराकानीका क्रममा अहिले अघिल्लो अर्थिक वर्षका योजनाको अनुगमन भइरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।

अहिले पालिकामा कार्यान्वयनमा रहेका योजनाको अनुगमन भइरहेको बताउँदै उनले कार्यसम्पादनका आधारमा भुक्तानी गरिने बताए । योबीचमा ज्येष्ठ नागरिकलाई घरमै गएर भत्ता उपलब्ध गराएको बताउँदै भने,‘हामीले शिविर सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराएका छौँ । अब उहाँहरुले भत्ताका लागि कार्यालय धाइरहनुपर्दैन हामी आफैँ पुर्‍याउँछौँ ।’

यस्तै, पर्यटकीय क्षेत्र विकास र पर्यटकीय आगमनका लागि योजना बनाएको बताउँदै भने, ‘कर्णाली र सुदूरपश्चिममा रहेको एतिहासिक धार्मिक पर्यटकीयस्थल त्रिवेणी पाटन बढीमालिकामा पर्यटक भित्र्याउन लागि परेका छौँ ।’

केसीका अनुसार त्रिवेणी पाटन बढीमालिकामा हरेक जनैपूर्णिमामा हरेक जनैपूर्णिमामा भव्य मेला लाग्छ । यस्तै, अध्यक्ष केसीले आव २०७९/८०का लागि कुल ४० करोड बजेट ल्याएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्