स्थानीय समाचार

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार केसी विजयी

२४ जेष्ठ २०८०, बुधबार ०८:१३
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार केसी विजयी

कालिकोट — कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्