समाचार

स्वर्ग जस्तो पचाल झरना गाउँपालिकाको समृद्धि पर्यटनबाटै सम्भव छ- अध्यक्ष देव राज शाही

२४ जेष्ठ २०८०, बुधबार १३:२३
स्वर्ग जस्तो पचाल झरना गाउँपालिकाको समृद्धि पर्यटनबाटै सम्भव छ- अध्यक्ष देव राज शाही

५ वैशाख काठमाडौँ ।  स्वर्ग जस्तो पचाल झरना गाउँपालिकाको समृद्धि पर्यटनबाटै सम्भव रहेको गाउँपालिका अध्यक्ष देव राज शाही (अग्नि)ले बताएका छन् ।

पचाल झरना गाउँपालिका आफैमा स्वर्ग जस्तो देश हो । हामी स्वर्ग खोज्न अथवा स्वर्ग जानको लागि कतै पर्खेर बस्नु पर्ने , कतै गएर धुप बल्नु पर्ने, स्वर्ग जानको लागि अथा मेहेनत गरिराख्नु पर्ने जस्तो लाग्दैन । हामी स्वर्गमा जन्मिएका छौँ । पर्यटनको सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार जरुरी रहेको अध्यक्ष देव राज शाही (अग्नि)ले बताएका छन् ।

गाउँपालिकालाई आर्थिकस्तरले माथि पुराउने,  गाउँपालिकालाई विकास र समृद्धमा पुराउन पर्यटकीय क्षेत्र बाहेक अरु सम्भव छैन । गाउँपालिकालाई आर्थिकस्तर रुप समृद्धतिरको बाटोमा लिने हो भने कस्तुरीले आफु भित्र भएको बिना चिन्दैन भन्छ । सन्चै भनौं भने नेपाल सरकारले पनि हाम्रो देशको शक्ति पर्यटन क्षेत्रलाई चिनेर, समयमै यसको सम्बर्द्धन, संरक्षण र प्रचार प्रसार गरेर बिश्व बजारबाट नेपालको सुन्दरतालाई डलरमा बेच्ने वातावरण गराउन अध्यक्ष देव राज शाही (अग्नि)ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्