समाचार

पचाल झरनालाई पर्यटकीय गन्तव्य बनाउँछु- अध्यक्ष देव राज शाही

२४ जेष्ठ २०८०, बुधबार १३:२५
पचाल झरनालाई पर्यटकीय गन्तव्य बनाउँछु- अध्यक्ष देव राज शाही

कालिकोट : इतिहास कलाकृति, मठ मन्दिर, प्रकृति सौन्दर्यता, पचल झरना जस्ताको उजागर गर्न स्थानीय सरकार सधै संघीय र  प्रदेश सरकारको ढोका झक्झकाइ रहेको पचल झरना गाउँपालिकाका अध्यक्ष देव राज शाही (अग्नि)ले बताए ।

पर्यटकी हिसाबले भरिपूर्ण रहेको हिमाल, पाटन, झरना, खोला नाला, जस्ता बिभिन्न हिसावले भरिपूर्ण रहेको अध्यक्ष अग्नि)ले बताएका छन् ।पर्यटनको हिसाबले भरिपूर्ण भएतापनि पचल झरना गाउँपालिकालाई संघीय सरकार, प्रदेश सरकारबाट साथ सहयोग हुन् सकेको छैन ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले खेल्ने भूमिका फरक छन् । स्थानीय सरकारले खेल्ने भूमिका भित्र कानुनमा बाँधिएर एउटा नयाँ कार्यबिधि बनाएर पुरा इतिहास कलाकृति, मठ मन्दिर, पाकृति सौन्दर्यता र आफु संग साइनो गाँसिएका झरना, काइनेट खानी जस्ताको उजागर गर्न स्थानीय सरकार सधै संघीय सरकार, प्रदेश सरकार लडिरहेको हुन्छ ।

तत्कालीन पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले कालिकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाका रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएपछि उनको दुर्घटना भएपछि हालसम्म पनि उक्त झरना ओझेलमा परेको हो ।

सरकारका एक सय गन्तव्यको ६४ औँ स्थानमा परेको यो झरना ३ सय ८१ मिटर अग्लो रहेको पचाल झरना गाउँपालिका अध्यक्ष देव राज शाही (अग्नि)ले बताए । उनले गाउँपालिकाको नेतृत्वमा निर्वाचित भएपछि पचाल झरनाको विकासको लागि प्रसारप्रचार गर्ने बताएका थिए ।

उनले भने, ‘हामीले झरनाको नाप नक्सा गरी पर्यटन मन्त्रालयमा पेश गरेका छौँ । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारबाट औपचारिक घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । अब नयाँ पर्यटनमन्त्री सुदन किरातीसँग पनि पहल गरेका छौँ ।’

३ सय ८१ मिटर उचाई रहेको उक्त झरना नेपालकै अग्लो दाबी गरिएको भएपनि नेपाल पर्यटन बोर्डने घोषणा गरी वैधानिकता नदिँदा अहिलेसम्म ओझेलमा परेको थियो । नेपालकै अग्लो ३ सय ६५ मिटर उचाई रहेको ह्याप्तुङ झरना भन्दा पनि १६ मिटर अग्लो पचाल झरना छ । तर नेपालकै अग्लो झरनाका रुपमा मान्यता पाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्