समाचार

ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

२४ मंसिर २०७८, शुक्रबार ०३:४३
ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम/ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो । दुवै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्