समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको बचाऊ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

६ जेष्ठ २०८०, शनिबार १५:५५
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको बचाऊ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

६ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छिन्।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएकी उनले सरकारले आफैं भित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारेका छन् । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गरेका छन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबी समेत गरिन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरु दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकिर गर्दै बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन् ।

‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ। अस्ती हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नुभयो। त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं,’ उनले भनिन्, ‘हिजो केपी ओलीले नेतृत्व गर्दाहोस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस्। जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरू त्यतिधेरै बदनाम छैनन्।’

जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् । राम्रो परिणाम हामीले कति निकाल्न सक्यौँ, त्यो एउटा कुरा होला । तर बदमासी गरेको भन्ने कुरा अरूका तुलनामा छैनन् । यो कुरा पनि हाम्रो सकारात्मक हो । र, जे जति राम्रा काम भएका छन् । ती माओवादी मन्त्रीकै कारण बढी भएका छन् फेरी । अरूले गर्दै गरेनन् । मैले यसो भन्न खोजिराखेको छैन ।

प्रतिक्रिया दिनुहोस्