sudurpashchim

सुदूरपश्चिम प्रदेश सरकारमा किन सहभागी भएन नागरिक उन्मुक्ति ?

६ जेष्ठ २०८०, शनिबार १५:४९
सुदूरपश्चिम प्रदेश सरकारमा किन सहभागी भएन नागरिक उन्मुक्ति ?

६ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।

सरकार गठन भएको १ सय १ दिनपछि मुख्यमन्त्री शाहले नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्रीलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिने नसकेका मुख्यमन्त्री शाहले दोस्रोपटकमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।

मुख्यमन्त्री शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीता देबी माललाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्। शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराए। त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन्।

कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार तथा र नेकपा एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला मन्त्रीमा यसअघि नै नियुक्त भएका थिए।

गत पुस १८ गतेदेखि चालु भएको उक्त अधिवेशनमा सभामुख र उपसभामुखको निर्वाचन भएको थियो। त्यस्तै, यो अवधिमा एमाले नेतृत्वको सरकार विश्वासको मत लिन नसकेर ढल्यो भने कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरे।

हिउँदे अधिवेशनबाट कार्यव्यवस्था परामर्श समितिका सदस्यको मनोनयन भएको, विषयगत समितिका सदस्य मनोनयन भएको थियो।

प्रतिक्रिया दिनुहोस्