४ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद् आङटावा शेर्पाको बयान बुधबार लिइँदैछ।
आज सरकारी वकिलको कार्यालय, काठमाडौँमा उनकाे बयान लिइन लागिएकाे हाे। शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। हाल उनी प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका छन्।