४ जेठ, काठमाडौं। प्रतिनिधि सभा गठन भएको झन्डै ६ महिनापछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। प्रतिनिधि सभाको बिहीबारको सम्भावित कार्यसूचीमा सो विषय उल्लेख छ।
संघीय संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेप्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
संसद् नियमावलीको नियम ५६ अनुसार सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् । सांसदको प्रश्नको प्रधानमन्त्री दाहालले तत्काल जवाफ दिनेछन् ।
प्रश्न सोध्न इच्छुक सदस्यहरुले आफ्नो प्रश्नको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा ३ दिन अगावै सभामुखलाई गराउनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ।