समाचार

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी छ : मन्त्री लिम्बू

४ जेष्ठ २०८०, बिहीबार ०२:१९
देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी छ : मन्त्री लिम्बू

४ जेठ, काठमाडौं। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताए ।

‘हामी युवाको अन्य गतिविधिमा सहकार्य गर्न तत्पर छौं,’ उनले भने, ‘युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।’

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताए । ‘प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ,’ उनले भने ।

सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बनेका छन् । चारै जनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्