समाचार

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा

३ जेष्ठ २०८०, बुधबार ०९:३९
नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको घोषणा

३ जेठ, काठमाडौं। सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएकाे छ ।

मंगलबार सर्वाेच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार काठमाडौं पत्रकार सम्मेलनमार्फत नाउपाले नेपाल बन्दको घोषणा गरेको हो ।

२०७१ भदौ ७ गते टिकापुर घटनामा ९ सुरक्षाकर्मीसहित १ बालकको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य आरोपी चौधरी हाल जेलमा रहेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्