२८ वैशाख, एजेन्सी। पाकिस्ताका पूर्वविदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–एन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
पक्राउ पर्नुअघि उहाँले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताए । पूर्व प्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेपछि समर्थक र सुरक्षाकर्मीबीच झडपका घटना भैरहेका छन् ।
बीबीसीका अनुसार, एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूलाई पक्राउ गर्नका लागि प्रहरी आइपुगेको बताएका छन्।
भिडियोमा उनले आफूले गलत काम नगरेको बताएका छन्।
‘मलाई प्रहरी गिरफ्तार गर्न आएको छ। गिरफ्तारी दिनुअघि म एउटा सन्देश दिन चाहन्छु,’ भिडियोमा कुरैशीले भनेका छन्, ‘यो लडाईँ स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ।’
شاہ محمود قریشی کا گرفتاری سے قبل قوم کے لئے اہم پیغام۔#PakistanUnderSiege pic.twitter.com/MufULiDY
— PTI (@PTIofficial) May 11, 2023