२७ वैशाख, काठमाडौं । प्रहरीलाई झुक्याएर बच्न सफल नेकपा एमालेका सचिव, सांसद एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतमा पुगेको निष्कर्ष निकालिएको छ । उनी भैरहवा हुँदै भारतको गोरखपुर पुगेको प्रहरीले निष्कर्ष निकालेको छ ।
वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा अब रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको विकल्प नभएको एमालेको भनाइ छ ।
‘एमाले कानुनी शासनको पक्षमा छ । त्यसैले कानुनविपरीत कसैले काम गरेको छ भने उ त्यसको सजाय भोग्न तयार हुनुपर्छ, पार्टी त्यसमा बाधक हुँदैन’, अध्यक्ष ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तर वास्तविकता के हो भन्ने कुरामा राज्यले प्रमाण पेश गर्ला । सम्बन्धित व्यक्तिले पनि आफ्नो प्रमाण पेश गरेपछि थाहा हुने कुरा हो ।’