२७ वैशाख, काठमाडौं ।सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका सचिव भट्टराईलाई गृहमा ल्याइएको हो ।
भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका थिए । गृह सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् । करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो ।
यसअघि उद्योग मन्त्रालयबाट भट्टराई प्रधामन्त्री कार्यालयमा सरुवा भएका थिए । पछिल्लोपटक निवर्तमान गृहसचिव पाण्डे भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि गृहबाट हुने बेथिति र आपराधिक गिरोहलाई रोक्नु नयाँ गृहसचिवको प्रमुख चुनौती रहेको छ ।