समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२७ बैशाख २०८०, बुधबार ०५:५१
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्व गृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

‘उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले नेपालखबरसँग भने, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं प्रहरी परिसर ल्याइनेछ।’

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्