मनोरञ्जन

विक्की र क्याट्रिनाले गरे बिहे

२३ मंसिर २०७८, बिहीबार १६:५०
विक्की र क्याट्रिनाले गरे बिहे

काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाधिँएका छन् । विक्की र क्याट्रिनाले बिहिबार सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बर्वरामा शाही शैलीमा विवाह गरेका हुन् ।

विक्की-कट्रीनाको विवाहस्थल केहीअघिसम्म भग्नावशेष मात्रै थियो

विवाहमा महँगो के पनि काटिएको थियो । केकको मूल्य ३–४ लाख रहेको भारतिय मिडियामा बताइएको छ । विवाहमा कटरिना र विक्कीका अफन्त र कलाकारहरु सहभागी भएका थिए ।

katt1.PNG

विक्की–क्याट्रिनाले विवाह गरेको किल्लाको नाम सिक्स सेन्स फोर्ट राखिएको छ। यो ऐतिहासिक किल्ला ७ सय वर्ष पुरानो हो भने यहाँ एक रात बस्नका लागि प्रतिव्यक्ति ९० हजार भारु तिर्नुपर्ने बताइएको छ।

katr1.PNG

यस होटेलमा धेरै सुइटहरू छन् । सबैभन्दा महँगो सुइटको एक दिनको भाडा भारु ७ लाख रुपैयाँ छ । यहाँ सयभन्दा बढी कोठाहरू छन् । यस किल्लाको वास्तविक नाम चौथका बरवाडा हो ।

katri.PNG

बिहेमा पत्रकारहरूलाई निषेध गरिएको थियो । आमन्त्रण गरिएका पाहुनालाई समेत फोटो तथा भिडियो क्लिप खिच्न मनाही गरिएको थियो ।

katrrrr.PNG

प्रतिक्रिया दिनुहोस्