समाचार

संसद् बैठक १५ मिनेटका लागि स्थगित

२७ बैशाख २०८०, बुधबार ०५:४७
संसद् बैठक १५ मिनेटका लागि स्थगित

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठक सुरु हुनेवित्तिकै राप्रपाका सांसदहरू उठेर अवरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बोल्न समय नदिएर बैठक अघि बढाएपछि राप्रपाका सांसदहरू वेल घेर्न पुगेका थिए।

उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शुन्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्