२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै जसपा सांसद यादवले एमाले सचिव रायमाझीलाई पक्राउ गर्न नसकेमा प्रहरीमाथि नै प्रश्न गर्ने ठाउँ रहने बताएका हुन्।
‘उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन्? लुक्नु भनेको यसमा कुनै न कुनै संलग्नता छ भन्ने हो। उनका छोरा पक्राउ पर्नुले यसले थप बल पुगेको अवस्था छ,’ उनले भने, ‘त्यसैले नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्ने हुन्छ। टोपबहादुर नेपालमै रहेको र प्रहरीसँग सम्पर्कमा रहेको हल्ला चलेको छ।’
प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए ।