२६ वैशाख, एजेन्सी । भारतको मध्य प्रदेशमा यात्रुवाहक बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ ।
प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा बस बैराड नदीमा खसेको जानकारी दिएका छन् । उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् । बस अनियन्त्रित भएर सडकको रेलिङ तोड्दै नदीमा खसेको थियो ।
प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई ४-४ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । घाइतेहरूलाई जनही ५०-५० हजार रुपैयाँ उपचार खर्च दिइनेछ ।