राजनीति

पूर्व डिआइजी खरेल भोलि नयाँ दल खोल्दै

२३ मंसिर २०७८, बिहीबार १६:३३
पूर्व डिआइजी खरेल भोलि नयाँ दल खोल्दै

काठमाडौं: पूर्व डिआइजी रमेश खरेलले भोलि(शुक्रबार) नयाँ दल ‘नेपाल सुशासन पार्टी’ घोषणा गर्ने भएका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। शुक्रबार (भोलि) दिउँसो ३:३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताए।

केही समय अघिदेखि नेपाल सुशासन अभियानका रूपमा सक्रिय खरेलले आफ्ना समर्थकसहित भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने पत्रकारहरुसँग बताए । खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए ।

May be an image of 1 person and text

प्रतिक्रिया दिनुहोस्