जीवनशैली

गौतम बुद्धका १६ महान भनाईहरु

२३ मंसिर २०७८, बिहीबार १५:४७
गौतम बुद्धका १६ महान भनाईहरु

काठमाडौं । भगवान् सिद्धार्थ बुद्ध बुद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।

गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए ।  बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो ।

उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए । उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।

गौतम बुद्धका महान भनाईहरु

  • हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
  • सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
  • खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।
  • जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
  • आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
  • एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
  •  जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।
  • रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
  • अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
  • प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
  •  शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
  • खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
  • लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
  • हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
  •  जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
  • शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।

प्रतिक्रिया दिनुहोस्