२१ वैशाख, काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्।
चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज उद्घाटन गरेका छन् । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो ।
गाउँपालिकाले विनियोजन गरेको रु २४ लाख ८० हजार तीन सय ७५ मा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए । नवनिर्मित उक्त भवनमा थुनुवा कक्षसमेत रहेको उनले बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले आज नै नवनिर्मित भवन जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरेका गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताए।
गाउँपालिकाभित्र रहेको चोरकाटे प्रहरीचौकी र धारापानी प्रहरीचौकीलाई एक–एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।