समाचार

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिव नियुक्त

२१ बैशाख २०८०, बिहीबार १२:३६
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिव नियुक्त

२१ वैशाख, काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रियसभाका सचिव नियुक्त भएका छन्। प्रतिनिधिसभाका लागि पदम पाण्डे र राष्ट्रिय सभाका लागि सुरेन्द्र अर्याल संविधानको धारा १०६ बमोजिम सचिव नियुक्त भएका हुन्।

प्रतिनिधिसभाका लागि पदम पाण्डे र राष्ट्रियसभाका लागि सुरेन्द्र अर्याल संविधानको धारा १०६ बमोजिम सचिव नियुक्त भएका हुन्। सभामुख देवराज घिमिरेको सिफारिसमा पाण्डे र राष्टियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा अर्याल सचिव नियुक्त भएका हुन्।
पाण्डे नायव महान्यायाधिवक्ता थिए भने अर्याल संसद् सचिवालयका सहसचिव हुन्।

उनीहरुलाई नेपालको संबिधानको धारा १०६ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले बिहीबार सचिव पदमा नियुृक्त गरेका हुन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ गते सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्