प्रदेश ४

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२१ बैशाख २०८०, बिहीबार १२:२९
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

२१ वैशाख, काठमाडौं। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो। उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ।

संविधानको धारा १७८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर यही वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले सोही धाराको उपधारा ४  अनुसार विश्वासको मत लिन लागेका हुन्। संविधानअनुसार यसरी नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ।

यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्