समाचार

सडकको छेउमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

२३ मंसिर २०७८, बिहीबार १५:२८
सडकको छेउमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहा । सिरहाको धनगढीमाई दक्षिण सडक छेउमा एक बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा एक बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो ।

शिशुको जन्म करिब एक साता अघि भएको हुन सक्ने बताइएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्