१९ वैशाख, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे ।
सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उनले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै धन्यवाद र बधाई दिए । “मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जीवन र जगत्को सुन्दर प्रस्तुति हेरियो”, मन्त्री किरातीले भने ।