काठमाडौं: खाना खाँदा जहिले पनि सही समय र तौरतरिकालाई पनि ख्याल गर्नु वा मिलाउनु पर्ने हुन्छ। खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा पनि चलन चल्तीमा रहेको हुन्छ।
कतिपय खानेकुरा यस्ता हुन्छन् । जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर ।
केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।
कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।
दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।