१८ वैशाख, काठमाडौं। वर्षाल प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । यूएईले पहिला ब्याटिङ गर्ने छ । नेपाल र यूएईबीचको विजेताले पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । यस प्रतियोगिताको विजेताले एसिया कपमा पाकिस्तान र भारतसँग खेल्न पाउने छ ।
नेपालले दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा राख्दै गुल्सन झालाई मौका दिएको छ ।