१७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेशको १५ औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराइन् ।
आइतबार १७ गते दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।
सो निर्णयलाई मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको जनाइएको छ । चालु अधिवेशन अन्तर्गत हालसम्म १५ वटा बैठक बसेका छन् ।