समाचार

महावीर पुनसँग वार्ता गर्न सरकारले उच्चस्तरीय समिति गठन

१७ बैशाख २०८०, आईतवार १५:५५
महावीर पुनसँग वार्ता गर्न सरकारले उच्चस्तरीय समिति गठन

१७ वैशाख, काठमाडौँ। आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग वार्ता गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा समिति बनाएका हुन् ।

समितिमा मुख्यसचिव शंकरदास वैरागीलगायत सरकारी अधिकारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार सरकार र पुनबीच वार्ता भएको थियो। वार्ता सकारात्मक भएको भनिए पनि निष्कर्षमा पुग्न सकेको थिएन।

समितिले सोमबार पुनसँग वार्ता गर्ने तयारी गरेको छ । वैज्ञानिक पुन नेतृत्वको टोलीले १४ वैशाखदेखि माइतीघरमा धर्ना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्