समाचार

बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट र दुई सय किलोको मालाले सम्मान

१७ बैशाख २०८०, आईतवार १५:५२
बारामा उपेन्द्र यादवलाई चाँदीको मुकुट र दुई सय किलोको मालाले सम्मान

१७ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बारोको कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो। यादव मंसिर ४ मा सप्तरीबाट चुनाव हारेका थिए।

जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक गरेका छन् । कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले चुनाव जितेपछि बारामा हात्तीसहितको जुलुस निकालिएको थियो । हात्तीमा मधेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव चढेका थिए ।

त्यसअघि, यादवले चुनाव जित्नेबित्तिकै हात्तीसहितको जुलुससमेत निकालिएको थियो। हात्तीमा मधेसका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादवसमेत चढेका थिए।

प्रतिक्रिया दिनुहोस्