खेलकुद

नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

१६ बैशाख २०८०, शनिबार १५:२०
नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

१६ वैशाख, काठमाडौँ। एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरमा भएको खेलमा भने कुवेतले जम्मा ८.३ ओभर ब्याटिङ गरेका कारण डीएलएस प्रणालीबाट पनि निर्णय हुन सकेन । नेपाल समूह विजेता भएर सेमिफाइनल पुगेका आधारमा विजेता घोषित गरियो । तर वर्षाले खेल नरोकिँदासम्म भएको प्रदर्शनका आधारमा भने नेपाल जितको हकदार थियो ।

टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो।

तर बलरले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल जिततर्फ उन्मुख थियो । ८.३ ओभरमा ३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमाइसकेको थियो । तर त्यति नै बेला वर्षा भएर खेल स्थगित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्