खेलकुद

एसिसी प्रिमियर कपमा आज नेपाल कतारसँग भिडदै

१४ बैशाख २०८०, बिहीबार ०१:२२
एसिसी प्रिमियर कपमा आज नेपाल कतारसँग भिडदै

१४ वैशाख, काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुनेछ।  दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।  यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो। जससँगै नेपाल सेमीफाइनलमा गएको थियो।

आज नेपाल कतारलाई जित्दै शीर्ष स्थानका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहने छ । उता कतार भने पहिलो जित निकाल्दै प्रतियोगिताबाट बिदा हुन चाहन्छ ।

नेपाल विजयी हुँदा शीर्ष स्थान तथा पराजित हुँदा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ । उता मूलपानी मैदानमा हङकङ र कुबेत भिड्दै छन् ।

हङकङ दोस्रो तथा कुबेत तेस्रो स्थानमा छन् । आजको विजेता सेमिफाइनलमा पुग्ने छ ।  यो समूहबाट युएई भने सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्