समाचार

महामन्त्रीका रूपमा गगनको अवधारणपत्र सार्वजनिक

२३ मंसिर २०७८, बिहीबार १४:२६
महामन्त्रीका रूपमा गगनको अवधारणपत्र सार्वजनिक

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा उनले १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारीसँगै ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणापत्र पनि सार्वजनिक गरेका छन्।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्