समाचार

बारा-२ मा कसको कति मत?

१२ बैशाख २०८०, मंगलवार ०१:५६
बारा-२ मा कसको कति मत?

१२ वैशाख, बारा । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग मतान्तर बनाएका हुन् । 

पछिल्लो मतपरिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् ।  रास्वपाले चितवन र तनहुँमा सानदार मत पाएकामा बारामा भने मतपरिणामको रुझानअनुसार आकर्षण देखिएको छैन । खरेल जारी मतगणनामा चौथो स्थानमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्