समाचार

रवि लामिछाने ३२ हजारभन्दा बढी मतले अगाडि

१२ बैशाख २०८०, मंगलवार ०१:५०
रवि लामिछाने ३२ हजारभन्दा बढी मतले अगाडि

१२ वैशाख, चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता फराकिलो पारेको छ।

रास्वपाका रवि लामिछाने ४० हजार ६९ मत पाएका छन्। नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ४५७ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३२ हजार ६१२ मतले पछाडि छन्।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मतसहित उनलाई पछ्याइरहेका छन्। मतगणना जारी नै छ।

प्रतिक्रिया दिनुहोस्