११ वैशाख, चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। । लामिछानेले ३ हजार १६६ मतसहित अग्रस्थानमा छन्।
त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ७१६ मत ल्याएका छन् । लामिछानेलाई १ हजार ४५० मतले पछाइरहेका छन् ।
तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठले १ हजार २४१ मत ल्याएका छन् ।