समाचार

कुशवाहालाई पछि पार्दै उपेन्द्र यादवले लिए अग्रता

११ बैशाख २०८०, सोमबार ११:५२
कुशवाहालाई पछि पार्दै उपेन्द्र यादवले लिए अग्रता

११ वैशाख,बारा । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै अग्रता लिएका छन्।

ताजा मत परिणाम अनुसार कुशवाहालाई  जनता समाजवादी पार्टीका अध्यक्ष यादवले पछि पारेका हुन्। यादवले १ हजार ३९० मत ल्याउँदै कुशवाहालाई फेरी उछिनेका छन्। कुशवाहाले १ हजार ३०१ मत ल्याएका छन्।

यादवलाई ८९ मतले कुशवाहा पछ्याउँदै छन् । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत ल्याएका छन्। बारा २ मा राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्