११ वैशाख,बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।
ताजा मत परिणाम अनुसार यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछि पारेका हुन्। कुशवाहाले १,१४६ मत ल्याउँदै यादवलाई उछिनेका छन्। यादवले १,११७ मत ल्याएका छन्।
कुशवाहालाई २९ मतले यादव पछ्याउँदै । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत ल्याएका छन्। बारा २ मा राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।