११ वैशाख,बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।
ताजा मत परिणामअनुसार यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछि पारेका हुन्। कुशवाहाले ८९५ मत ल्याउँदै यादवलाई उछिनेका छन्। यादवले ७८७ मत ल्याएका छन्।
एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन्। बारा २ मा राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।