११ वैशाख, चितवन । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छ
त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् । तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठको मत छ । श्रेष्ठले ५८८ मत ल्याएका छन् ।
इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।