११ वैशाख, चितवन । चितवन–२ को मतगणना सुरू भएको छ । साेमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएकाे हाे ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो १ बजेदेखि गर्ने भनिएको मतगणना केही समय ढिलो भएको हो । मतगणना इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट सुरु भएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बताए ।
यो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार यहाँ प्रतिस्पर्धामा छन् । मंसिर ४ को निर्वाचनमा यो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता विवाद भएपछि पदमुक्त भएका थिए ।
त्यो बेला८३९५६ जनाले मतदान गरेको निर्वाचनमा लामिछानेले ४९२६४ भोट पाएका थिए । उनी देशभरमै सबैभन्दा फराकिलो मतान्तरले विजय भएका थिए ।