१० वैशाख, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । त्यसका लागि आइतबार प्रदेशसभामा पुगेर शर्माले विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराइसकेको छन् ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराए ।
शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेको छन् । २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लिन लागेका छन् ।