समाचार

नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु

१० बैशाख २०८०, आईतवार १५:३९
नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु

१० वैशाख, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए । दुर्घटनापछि प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए। मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्