९ वैशाख, काठमाडौँ । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्तका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।
‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने ।
तर प्रदेश प्रमुखले १६८ (३) अनुसार नयाँ सरकार बनाउन आह्वान गरे कांग्रेको नेतृत्वमा सरकार बन्छ । जसमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ । संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुलि सरकार बन्नेछ । जसमा कांग्रेस र माओवादीबीच नेतृत्वबारे सहमझदारी जरुरी हुन्छ ।
अब संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सहमतिमा मिलिजुली सरकार बन्छ कि १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्छन् भन्ने अन्योल छ ।