समाचार

शैक्षिक भ्रमण लिएको जिप पल्टिँदा ३ जनाको मृत्यु, ९ घाइते

२३ मंसिर २०७८, बिहीबार ०८:११
शैक्षिक भ्रमण लिएको जिप पल्टिँदा ३ जनाको मृत्यु, ९ घाइते

पोखरा । लमजुङमा शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ । ९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्