खेलकुद

विश्वकिर्तीमानी कायम गरेपछि सन्दिप लामिछानेले के भने ?

८ बैशाख २०८०, शुक्रबार १५:३०
विश्वकिर्तीमानी कायम गरेपछि सन्दिप लामिछानेले के भने ?

८ वैशाख, काठमाडौँ ।  नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कपअन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका थिए ।

नेपालले दिएको ३१० रनको कीर्तिमानी विशाल लक्ष्य पछ्याएको ओमानविरुद्ध सन्दीपले १२.३ ओभरमा सफिक्वको विकेट लिएका हुन् । उनले ४२ खेलमा १०० विकेट पूरा गरे । जसमध्ये उत्कृष्ट प्रदर्शन ६–११ काे छ । योसँगै सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानले सन् २०१८ मा ४४ खेल खेल्दै बनाएको एक सय विकेट पूरा गरेर रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

सो रेकर्ड कायम गरेपछि लामिछानेले सामाजिक सञ्जाल फेशबुकमार्फत यो किर्तीमानी कायम गर्न पाउँदा गर्व लागेको उल्लेख गरेका छन् । उनले रेकर्डहरु भनेको नै तोड्नको लागि भएको भन्दै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको उपाधि हाँसिल गर्न पाएकोमा गर्व गर्ने उल्लेख गर्दै उक्त उपलब्धि आफ्नो करियरभरि शक्तिको स्तम्भ बनेका परिवार, फ्यान, सहकर्मी खेलाडीहरु र कोचको निरन्तर र अटल समर्थनले प्राप्त भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्